बिर्तामोड : श्री कृष्ण प्रणामी सेवा समिति नेपाल सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधारा–बिर्तामोडको आठौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । 

pic 3

आज शनिबार विर्तामोड १ र अर्जुनधारा नगरपालिका–६ को संगमस्थल विहानी टोलमा रहेको सदनमा श्री कृष्ण प्रणामी सेवा समिति नेपाल को केन्द्रिय अध्यक्ष एस.के. शर्माको प्रमुख आतिथ्यतामा उद्धघाटन सत्र  कार्यक्रम भएको हो । 

kadariya

कार्यक्रममा सदनका अध्यक्ष हरी कडरीयाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै विगतदेखि हाल सम्मको अवस्थाको बारेमा बोलेका थिए । 

सदनका कोषाध्यक्ष पुष्प आर्चायले कोषाध्यक्षको र भवन निमार्ण तर्फको कोषाध्यक्ष गोपाल बजगांईले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

pic 2

सदनका अध्यक्ष हरी कडरीयाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदनका उपाध्यक्ष प्रेमकुमार भट्टराईले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि शर्मा, बिशिष्ट अतिथि श्री कृष्ण प्रणामी सेवा समिति नेपाल को केन्द्रिय उपाध्यक्ष तथा सदगुरु सदनको भवन निमार्ण समितिको संयोजक कृष्ण बजगांई , श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद झापा अध्यक्ष मिलन कुमार बस्नेत, युवा परिषद कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना, युवा परिषद झापा अध्यक्ष टहलदास ओली , वाइजुराज चारपाने अध्यक्ष यसोदा उप्रेती, वाइजुराज शनिश्चरे सचिव चम्पा गौतम, सत्संग सेवा परिषद बत्तिसबिघा शाखा दाताराम पाण्डे लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सदनका सचिव तारा खतिवडाले गरेका थिए ।