राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानको बिर्तामोड  संयोजकमा रामचन्द्र मैनाली चयन भएका छन् । अभियानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको प्रमुख आतिथ्यतामा आज शनिबार बिर्तामोडमा भएको भेलाले बिर्तामोड नगर कमिटि संयोजकमा मैनालीलाई चयन गरेको हो ।

मैनालीको संयोजकत्वमा ३१ सदस्यीय नगर कमिटी गठन भएको जनाइएको छ । समितिको सह संयोजकमा पुष्प पाठक र देवेन्द्र सिटौला ,सचिव ओमप्रकाश लुइटेल ,सहसचिव विवेक दंगाल र कोषाध्यक्षमा विनिता पाण्डे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मधुरकान्त सिटौला , पदम प्रसाई , सोभित प्रसाई ,देवी संग्रौला ,नविन सेढाई ,अर्जुन तामाङ, राम खनाल, अशोक बस्नेत , माधव ओली , जीवन घिमिरे , गोविन्दप्रसाद बास्तोला , मन्जु अधिकारी सीता सिटौला , ज्योति अधिकारी , लक्ष्मी अधिकारी , घनश्याम गुरुङ,लक्ष्मण पाठक , विवेक मानन्धर , नरेन्द्र शिवाकोटी , हरि चुँडाल , राजन चुँडाल ,जीवन कडरिया ,शिव ओली , सावित्री पौडेल , सन्दीप भेट्वाल र डम्बर लिम्बू रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय संयोजक प्रसाईले झन्डै ८ लाख सदस्य रहेको अभियानले देशका ४६ वटा जिल्लामा शाखा विस्तार गरिसकेको बताए ।  अभियानको ७ सदस्यीय स्टेरिङ कमिटी , ५१ सदस्यीय सचिवालय र एक सय सदस्यीय केन्द्रीय समिति रहेको पनि उनले बताए । 

उनले लघुवित्त र सहकारीपीडितहरु अभियानमा जोडिदै गएको जानकारी दिए ।   

नवगठित समितिलाई बधाई दिँदै केन्द्रीय संयोजक प्रसाईले लघुवित्त संस्थाहरु एमाले , कांग्रेस र माओवादीले चलाएकाले उनीहरुले लघुवित्त पीडितको आन्दोलनमा साथ नदिएको दावी गरे । 

अभियानका केन्द्रीय सदस्य हरिप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य नवराज पनेरु  शुभकामना मन्तव्य राखेका थिए । केन्द्रीय सदस्य राम मैनालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा मेची–कोशी इन्चार्ज ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।