झापा :  राधामाधव सेवा समिति बिर्तामोड(झापा) को अध्यक्षमा भु–विक्रम बस्नेत चयन भएका छन् ।  संस्थाको प्रथम साधारण सभाबाट बस्नेत अध्यक्षमाचयनभएकाहुन् । राधामाधव सेवा समितिका जग्गादाता समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन् । 

समितिको उपाध्यक्षमा बिर्तामोड निवासी दुर्गादेवी ढकाल, सचिवमा कमला खरेल कार्की, कोषध्यक्ष विष्णुमाया खरेल पाण्डे र सह–सचिवमा शिवकुमार प्रसाई चयनभएका छन् ।

समितिको सदस्यमा टीकाराम ओझा, रामप्रसाद न्यौपाने, गिता कार्की, विमला बस्नेत र झुमा बस्नेत रहेका छन् । त्यस्तै राधामाधव सेवा समितिको संरक्षकको रुपमा बिनु गिरी चयनभएकी छन् भने विद्धत समाजको संयोजकमा राम प्रसाद दुलाल चयन भएका छन् । दुलालको संयोजकत्वमा २१ सदस्य समिति रहने छ । सदस्यमा विष्णु तिम्सिना, मदन पाण्डे, डम्बर बिकली, गिता प्रसाई लगायत छन् । 

श्ुनिल क्षेत्री संयोजक रहेको डीवाईसी समेत गठन भएको छ । गठित समितिका पदाधिकारी पछि थपहुने बताइएको छ । 

राधामाधव सेवा समिति बिर्तामोड जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेर धार्मिक आध्यात्मिक तथा समाजिक कार्य गर्दै आएको बताइएको छ । 

नेपाल पत्रकार महासंघ कोशीप्रदेश कार्यसमिति सदस्य तथा पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका निर्वतमान अध्यक्ष राम प्रसाद दुलालले संस्थाको गतिविधिका विषयमा प्रकाश पारेका थिए ।

उनले संस्थाले आर्थिक वर्ष २०८०–८१ मा राधामाधव सेवा समितिको नाममा जग्गा प्राप्त गर्ने र संस्थालाई आवश्यक पर्ने जग्गादाता भू–विक्रम बस्नेत र बिमला बस्नेतले प्रदान गरेकाले संस्थाका नाममा ल्याइने बताए । त्यस्तै सोही जमिनमा सत्सङ भवननिर्माण थालिने बताए । संस्थालाई फर्निचर लगायत साधनाका अन्य सामानको समेत आवश्यक परेकाले सो को ब्यवस्थापन गरेर जति सक्दो चाँडो सत्सङ भवन निर्माण गर्ने बताए ।

उनले जगत गुरु स्वमी हरिदास महाराजको प्रेरणाले महाराजका भक्तबाटै सहयोग संलकनगर्दै भनव निर्माण गरिने बताए । उनले सबै महाराजका भक्तलाई सहयोगको अपिल समेत गरे । संस्थाका उपाध्यक्ष बिमला बस्नेतले स्वागत र कोषाध्यक्ष विष्णुमाया खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा टीकाराम ओझा, मुकुन्द कुमारी ढकालले जगत गुरु कृपालु जी महाराजका बारेमा धारणा राखेका थिए । 

राधामाधव सेवा समितिको सत्सङ भवन निर्माणमा सहयोग पु¥याउने उद्धेश्यले कार्यक्रमका प्रमुख अतिथी समेत भण्डारीले नगदपाँचहजार रुपैंया सहयोगको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दुर्गादेवी ढकालले गरेकी थिइन् ।