बिर्तामोड : श्री कृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री देवचन्द्र सदन अर्जुनधारा–बिर्तामोडको अध्यक्षमा गोपाल बजगांई चयन भएका छन् । 

 शनिबार भएको आठौं साधारणसभा तथा अधिवेशनबाट बजगाईको अध्यक्षमा १४ सदस्यीय नयां कार्य समिति चयन भएको हो । 

विर्तामोड १ र अर्जुनधारा नगरपालिका–६ को संगमस्थल विहानी टोलमा रहेको सदनमा श्री कृष्ण प्रणामी सेवा समिति नेपाल को केन्द्रिय अध्यक्ष एस.के. शर्माको प्रमुख आतिथ्यतामा उद्धघाटन सत्र  सम्पन्न भएको थियो । 

समितिको उपाध्यक्षमाद्धय दिपक दाहाल, खड्ग खरेल, सचिवमा पुष्प आचार्य , सह सचिवमा दिनोज बजगांई, कोषाध्यक्षमा पूर्णिमा प्याकुरेल चयन भएका छन् । 

त्यस्तै समितिको सदस्यहरुमा टिका गुरागांई, मिना कट्टेल, सीताराम संग्रौला, चन्द्रा दाहाल, विवेक सापकोटा, वृहष्पति घिमिरे, हेम खरेल, चन्द्र भण्डारी चयन भएका छन् ।