बिर्तामोड– भुटानी शरणार्थीलाई राष्ट्रिय मेलमिलापको नीतिमार्फत स्वदेश फर्काउन माग गरिएको छ । भुटान पिपुल्स पार्टीले निर्वासनमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फर्काउन माग गरिएको हो । झापाको बिर्तामोडमा आज आइतबार पत्रकार सम्मेलन गरी पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले शरणार्थीको स्वदेश फिर्तीको माग गरेका हुन् । 

उनले  शरणार्थीको स्वदेश फिर्तीका लागि राष्ट्रिय मेलमिलापको नीति अबलम्बन गर्न भुटानी राजालाई अपिल गरिएको बताउंदै  भुटानमा शान्ति, मानवअधिकार र राजनीतिक स्थायित्वका लागि पनि राष्ट्रिय मेलमिलाप नीतिको आवश्यक भएको बताए । 

उनले १ लाख ५० हजार  भूटानी शरणार्थीहरुमध्ये ७  हजार अझै  शिविरमा रहेको बताए । ती मध्ये अरु  शरणार्थीहरु तेस्रो मुलुक पुनःस्थापना भइसकेको उजानकारी दिए । 

उनले भूटान सरकारसँग सम्वाद गरेर भूटानी शरणार्थीहरुलाई स्वदेश फर्किने वातावरण मिलाईदिन  नेपाल सरकारलाई उनले आग्रह समेत गरेका छन् ।