बिर्तामोड  : बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आजवडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वकोखोप लगाउन सुरु गरेको हो ।

‘लम्पी स्किन’ असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो ।

सवै वडाका कृषकहरुकोघर घरमापुगेर पशु प्राविधिकिहरुले  खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ ।

त्यसमा प्रयोग हुने सिरिञ्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ ।१५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछि तथा मत्स्य विकाश शाखाले जनाएको छ । 

वडाअध्यक्ष गुरुङ्गले आफुले नै ५ सय ६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्स्नि लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताउनु भयो ।

बिर्तामोडमा लम्कि स्किनकाकारण २ हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।