विषालु जंगली च्याउ खांदा एकै परिवारका ७ जना विरामी भएका छन् । जिल्लाको मायादेवी गाउंपालिका वडा नं. ७ लालपुरकी ४५ वर्षीय विन्दु ठाकुरका सहित परिवारका ७ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार विषालु च्याउ सेवन गरेर ४५ वर्षीय विन्दु ठाकुर, २९ वर्षीय धर्मेन्द्र ठाकुर, २६ वर्षीय कुसुम ठाकुर, २६ वर्षीय करण ठाकुर विरामी परेका छन् । यसै गरी ४ वर्षीय अन्सिका ठाकुर, ६ वर्षीय ज्योति ठाकुर र ३ वर्षीय सुशान्त ठाकुर विरामी परेको प्रहरीले जनाएको छ ।

विरामी परेका परिवारका ७ जनाको तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।