साम्भवी फुड एण्ड बेभेरेजेज प्रालि अर्जुनधारा ५ ले नयां जुस बजारमा ल्याएको छ । कम्पनीले नयां जुसिका मैंगो र मेन्टेन मैंगो जुस बजारमा ल्याएको हो ।  करीब ९ बर्ष अघि स्थापना भएको हल्का पेय पदार्थ तथा जुस उत्पादन गर्दै आएको उद्योगले ‘चिसोकोला’, ‘फन्नी’, ‘चटकोला,  ‘सिम्पल साइट,  ‘मेन्टेनड्यू’, यूनिक ड्यिू ,   लगायतका पेय पदार्थ र जुस उत्पादन गर्दै आएको छ । 

कम्पनीले  बैशाखदेखि  जुसिका मैंगो र मेन्टेन मैंगो जुस उत्पादन सुरु गरेको जनाएको छ ।   पल्प बेसमा उक्त जुसहरु उत्पादन हुंदै आएको कम्पनीका सञ्चालक पुष्प आर्चायले जानकारी दिए । 

54

अधिकांश जुसहरु बिभिन्न फलफुलको स्वादमा उपलब्ध हुने गर्छन । तर साम्भवी फुड एण्ड बेभेरेजेज प्रालिले भने पहिलो पटक पल्प बेस (आंप) मा उक्त जुसहरु बजारमा निकालेको हो ।  

पल्प बेस भएकाले आँपमा पाइने सम्पूर्ण भिटामिन उक्त जुसमा पाइने सञ्चालक आर्चायको भनाई छ । शक्तिवर्दक तथा इनर्जी दिने भएकाले उत्पादित जुसको छोटो समयमा नै माग राम्रो रहेको अर्का सञ्चालक रमेश निरौलाको भनाई छ ।