झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रीक बचत तथा ऋण सहकारी सस्थाले मृत्यु भएका आफ्नो सेयर सदस्यको कर्जा मिनाह गरेको छ । कामाटोली सेवाकेन्द्र लघुवित्त विभाग अन्तर्गतकी सदस्य लिला देवि बानियाको कर्जा मिनाह गरेको हो ।
उनको २०८० साउन १७ गते निधन भएको थियो । उनले संस्थालाई तिर्न बाँकी रहेको ५७ हजार ७ सय ५१ रुपैया कर्जा मिनाह गरिएको संस्थाका कार्यकारी कमल बस्नेतले जानकारी दिए । बानिंयाले ८० हजार त्रृण लिएकी थिइन् ।
संस्थाले उनको परिवारलाई घरमै पुगेर समबेदना सहित कर्जा मिनाहको पत्र परिवारलाई प्रदान गरेको संस्थाका जोखिम बिभागीय प्रमुख प्रेम बस्नेत ( बिजय) ले जानकारी दिए ।
झापा गाउँपालिका वडा नं ६ की कार्यवाहक वडाध्यक्ष हेना राई, समाजसेवी सुर्य भट्टराई, संस्थाका विभागिय प्रमुख बस्नेत , आइटी बिभाग सहायक विजय पाण्डे, सेवाकेन्द्र प्रमुख राजेश राजवंशी लगायत अन्य कर्मचारी तथा शेयरसदस्यहरुको उपस्थितिमा कर्जा मिनाहको पत्र उनको परिवारलाई दिइएको थियो ।
सिम्रीक साकोसले सामाजिक क्षेत्र, कृषिको क्षेत्र सहित शेयर सदस्यको परिवार बिरामी हुंदा , प्राकृतिक प्रकोप हुदा समेत राहत सहित बिभिन्न सेवा सुविधा उपलब्ध गराउंदै आएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।