श्री कृष्ण प्रणामी युवा परिषद नेपाल कोशी प्रदेश जिल्ला कार्य समिति झापाको प्रारम्भीक समिति गठन गरिएको छ ।  बिर्तामोड ४ स्थित प्राणनाथ सामुदायिक सत्सङ भवनमा आज शनिबार एक कार्यक्रमकाबिच युवा परिषदको प्रा.स. गठन गरिएको हो । खगेन्द्र कुंवरको अध्यक्षतामा २१ सदस्यीय नयां समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लय कडरीया, सचिवमा दिलीप उप्रेती, सह–सचिवमा मिलन शिवाकोटी, कोषाध्यक्षमा प्रतिमा भट्टराई चयन भएका हुन् । 

त्यस्तै समितिको सदस्यहरुमा भरत सापकोटा, आयुषा कडरीया, प्रनेश श्रेष्ठ, यशोदा खरेल, तुलसी ढकाल, स्नेह शिवाकोटी, सुस्मा संग्रौला, कमलदास ओली, स्वतीका महर्जन, किरन नेपाल, सिसम अर्याल , प्रिया बिष्ट, तारतम न्यौपाने, अनुप शिवाकोटी र रबि बस्नेत चयन भएको निर्वाचन समितिका संयोजक तथा युवा परिषद झापाका उपाध्यक्ष समपर्ण खतिवडाले जानकारी दिए ।

युवा परिषद झापाका उपाध्यक्ष खतिवडा संयोजक तथा सदस्य दिनेश उप्रेती , युवराज कट्टेल, सदस्य, चारपाने प्रा.स. अध्यक्ष बासु पाण्डे , सदस्य सदगुरु सदन प्रा.स. अध्यक्ष दिनोज बजगांई,  गोलधाप प्रा.स. अध्यक्ष घनश्याम बराल सदस्य रहेको निर्वाचन समितिले प्रारम्भीक समिति सर्वसम्मत चयन गरेको हो । 

s2

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि युवा परिषदका केन्द्रिय उप महासचिव सुवास रिजाल लगायतले खादा माला सहित स्वागत सहित बधाई ज्ञापन गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि रिजाल, युवा परिषद केन्द्रिय सदस्य मदन अधिकारी, जिल्ला अध्यक्ष टहलदास ओली, बाइजुराज जिल्ला अध्यक्ष मिरा अधिकारी ओली, सदगुरु सदनका कार्यबाहक अध्यक्ष बिदुर खनाल लगायतले बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । 

प्राणनाथ सामुदायिक सत्सङ भवनका अध्यक्ष प्रेमप्रसाद कडरीयको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भवनका उपाध्यक्ष क्रृषिराम थपलियाले गरेका थिए । 

कार्यक्रमको सञ्चालन भवनका सचिव मनोज बजगांईले गरेका थिए । नवनिर्वाचित उपाध्यक्ष लय कडरीयाले आफ्नो टिमले कार्यकाल अवधिमा सबै संग सहकार्य गर्दै सामाजिक सहित धार्मिक क्षेत्रमा यादगर कार्यक्रम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।