अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाले  रक्तदान कार्यक्रम गरेको छ । आज शनिबार भद्रपुर स्थित सगरमाथा चोकमा भद्रपुर  नगर कार्यसमितिको आयोजनामा रक्तदान गरिएको हो ।  

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग मा भएको रक्तदान कार्यक्रममा १ महिला सहित ६२ जनाले रक्तदान गरेका थिए । 

पछिल्लो समय तराई क्षेत्र सहित देशैभर फैलिरहेको डेगुंका कारण  रक्त अभाव भएको महशुस भएसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राइले जानकारी दिए । 

राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री भरततेन्दु मल्लिकले गरेका थिए । कार्यक्रममा राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझा, सहित व्यवसायी तथा सामाजिक क्षेत्रका ब्यक्तिहरुले रक्तदान गरेका थिए ।