बिर्तामोड  : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने झापा आउने भएका छन् । जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउने भएका रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । लामिछानेले आगामी भदौ १ र २  गते जिल्ला स्तरीय जनसभामा सम्बोधन गर्ने काफ्लेले बताए । 

पार्टी सभापतिसहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितिमा कार्यक्रम आयोजना गरिएको बताइएको छ । जनसभामा सभापति लामिछानेसहित महामन्त्री डा। मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रिय सदस्य तथा संघीय सांसद मनिष झा, नीशा डाँगी, रमेश प्रसाई लगायतले सम्बोधन गर्नेछन् । 

जनसभा बिर्तामोड, दमक सहित विभिन्न पालिकामा  आयोजना हुने बताइएको छ । साउन ३२ गते इलामको सुर्योदय नगरपालिकाको जनसभालाई सम्बोधन गरेर झापा आउने लामिछानेको सचिवालयले  जनाएको छ । बिर्तामोडको सिटी सेन्टर र दमकको गोर्खा डिपार्टमेण्ट आगाडी जनसभा हुने जनाइएको छ । लामिछाने सांसद निर्वाचित भएपछि पहिलो पटक झापा आउन लागेका हुन् ।