नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त छ । बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो तथा अस्तव्यस्त हुँदा सर्वसाधारण , स्थानीय व्यापारी तथा आन्तरीक तथा बाह्य पर्यटकले सास्ती व्यहोर्न बाध्य हुनु परेको स्थानीय होटल व्यवसायी सन्जु कार्की बताउंछन् ।
पार्किङका लागि ठाउँ नहुँदा बसपार्क अस्तव्यस्त छ भने बर्षातका कारण जतासुकै ठुला ठुला खाडल परेका छन् । खाडलमा जमेको पानीका कारण तथा दुगन्र्ध समेत फैलिएको छ । समस्या सामधानकालागि जनप्रतिनिधि सहित सरोकारवालालाई जानकारी गराए पनि खाल्डा खुल्डी पुर्न पहल नभएको कार्कीको गुनासो छ ।
बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हंदै आएको छ ।
भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । कांकरभीट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।
पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा करीब ९ बर्ष अघि नै बसपार्क निर्माण गरिए पनि हाल सम्म सञ्चालनमा आउन सकेको छैन ।