श्री छठ युवा फ्रन्ट बिर्तामोडले झापाको अर्जुनधारा जलेश्वर धाममा निशुल्क प्रसाद वितरण गरेको छ । आज साउन महिनाको अन्तिम सोमबार दर्शानार्थी भक्तजनहरुलाई निशुल्क महा प्रसाद वितरण गरेको श्री छठ युवा फ्रन्ट बिर्तामोडका अध्यक्ष दिपक शाहले जानकारी दिए ।
केहि बर्षदेखि साउन महिनाको सोमबारको दिन सामाजिक उत्तरदायित्व बहन गर्दै श्री छठ युवा फ्रन्टले सामाजिक कार्य गर्दै आएको पनि अध्यक्ष शाहले बताए ।
करीब ३ हजार बढी जलार्पण गर्न आएका भक्तजनहरुले फ्रन्टले वितरण गरेको हलुवा , खिर, तरकारी लगायतका प्रसाद ग्रहण गरेको कार्यक्रमका संयोजक अमरजित शाहले जानकारी दिए ।
सोमबार बिहानैदेखि फन्ट्रले आयोजना गरेको प्रसाद वितरण कार्यक्रममा संघका अध्यक्ष, कार्यक्रम संयोजक सहित अभिषेक सर्फ, आशिस सोनी, विजय शाह, रोशन चौधरी, दिपचन शाह लगायतको उपस्थिति रहेको थियो ।
यस अघि पनि संस्थाका पदाधिकारीले ब्यक्तिगत तबरले बिभिन्न सामाजिक कार्य गर्दै आएको फ्रन्टका जनसम्पर्क अधिकारी दिपचन शाहले बताए । साथै सोहि कार्यक्रममा पतान्जल योग समिति नेपाल अर्जुनधारा समितिले पनि समन्वय गरेको जनाइएको छ ।