काठमाडौं । झापाको बिर्तामोड  २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले भर्खर १ लाख राशिको ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार प्राप्त गरेको छ । उक्त संस्था लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको हो ।  

जनताको साथमा रहेर काम गर्दाको लामो अनुभावलाई स्मरण गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्र  गिरीले विपन्न समुदायलाई सम्बोधन गरेर काम गरिरहँदा प्राप्त हुने यस्ता पुरस्कारहरूले थप उर्जा र हौसला प्राप्त हुने प्रतिक्रिया दिए ।  झापामा लघुवित्तको अवधारणा भित्र्याउने अगुवाहरु मध्ये एक महेन्द्र गिरीको एक मात्र सपना अति विपन्न र श्रोत साधनमा पहुँच पुग्न नसकेका ग्रामीण समुदायहरूलाई कसरी माथि उठाउने भन्ने रहेको छ । 

समाज रुपमान्तरणको महान अभियानमा कृयाशिल सहारा नेपाल बचा तथा ऋण सहकारी संस्था लि नेपालकै नमुना उत्कृष्ट सहकारी संस्था हो । सामाजिक उत्तरदायित्वको कार्यलाई अन्त्यन्तै धेरै प्राथमिकतामा राखेर काम गरिरहेको सहाराले कोशी प्रदेशका झन्डै १२ जिल्लाहरूमा आफ्नो कार्यक्षेत्र बनाई सकेको छ । लघुवित्त सदस्यहरू माझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कार प्रदान गरेको हो ।

स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका हुन ।

एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असारमसान्तसम्म १ अर्ब ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैयाँ शेयर पुँजी र १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष रहेका संस्थाका  निर्देशक लक्ष्मण खतिवडा बताउँछन् । 

१० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैयाँ बचत संकलन तथा ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैयाँ लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशिलता विकासलगायतका सामाजिक उत्तरदायित्वका क्षेत्रहरूमा पनि काम गरिरहेको छ  ।