बिर्तामोड : झापाको बिर्तामोड स्थित बिएन्डसी हस्पिटलले हरितालिका तीजको अवसरमा सबै महिलाहरुका लागि स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशुल्क सेवा दिने जनाएको छ । 

अस्पतालले भदौ ३ गतेदेखि १८ गतेसम्म १५ दिन स्त्री तथा प्रसूति रोगसम्बन्धी ओपिडी सेवातर्फ निःशुल्क सेवा प्रदान  गर्ने निर्णय गरेको अस्पातलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

निम्न आय भएका विपन्न तथा अन्य महिलाकालागि लक्षित गरेर निशुल्क सेवा गर्ने अस्पतालले जनाएको छ । गिरीका  अनुसार सोही अवधिमा स्वास्थ्य परीक्षण इन्भेस्टिगेसन तर्फ पनि १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । विगतमा पनि बिरामीका लागि सहुलियत रुपमा सेवा दिँदै आएको हस्पिटलमा अत्याधुनिक प्रविधिसँगै डा .सुजाता खड्का न्यौपाने र डा. ज्योति लामालगायत विशेषज्ञ टिमले स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए ।

अस्पतालले बिगतमा पनि महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर सामाजिक उत्तर दायित्व बहन गर्दै यस्ता समुदाय लक्षित कार्यक्रमहरु गर्दै आएको अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले जानकारी दिए ।