साकाहारी अभियान तथा दुर्व्यसन एवं पशुबलि विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल कोशी प्रदेश जिल्ला कार्य समिति झापा प्रारम्भिक समिति प्राणनाथ भवन बिर्तामोड ४ को आयोजनामा आज बिहिबार बिर्ताबजार स्थित दुर्गा मन्दिर परिसरमा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य मदन अधिकारी, कोशी प्रदेश अध्यक्ष अनिल ढुंगाना , झापा अध्यक्ष टहलदास ओली लगयातले निरामिस भोजनको प्रयोग गरौं, लागुपदार्थ दुर्व्यसन त्यगौं, दिनदुःखीको सेवा गरौं, पशुबलिको अन्त्य गरांैं, सबैले बाँच्न पाउने अधिकार भएको भन्दै हत्या हिंसा बन्द गर्नु पर्ने धारणा राखेका थिए । उनीहरुले सेवाभाव र निस्वार्थ सेवा नै युवा परिषदको मुल कर्म मर्म भएकोले युवाहरुलाई जुटिरहन आग्रह गरेका थिए ।

प्राणनाथ भवनका अध्यक्ष खगेन्द्र कुंवरको अध्यक्षयतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधीर शिवाकोटी बिर्तामोड नगरपालिका वडा नं.३ का वडा अध्यक्ष मदन बुढाथोकी , दुर्गा मन्दिरका पुजारी लगायतलाई गिताको पुस्तक प्रेमको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका कोशी प्रदेश कोषाध्यक्ष दिपक शिवाकोटी, सदस्य नवीन सापकोटा चारपाने प्रा.स.अध्यक्ष बासु पाण्डे, प्राणनाथ सामुदायिक सत्संग भवनका अध्यक्ष प्रेम प्रसाद कडरिया सचीव मनोज बजगाइ सदस्य दिपा खनाल तथा युवा परिषदका पदाधिकारी एवं बाइजुराजका पदाधिकारीको उपस्थिति रहेको थियो








































