झापा 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला राजनीतिक दलहरु नै भ्रष्टाचार र लेनदेन काण्डमा संमलग्न भएको आरोप लगाएका छन् । 

झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले ठुला राजनीतिक दलका नेताले ३० औं बर्षसम्म देश बनाउन भन्दा पनि अबैध अकुत्त सम्पत्ती कमाउन समय खर्च गरेको र लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र रहेको  बताए । 

उनले २०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई छानबिन गरेर दण्डित गर्ने  दाबी समेत गरेका छन् । 

ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई सुक्ष्म तबरबाट मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नगन्य नेताबाहेक प्रायः सबै नेता जेल जाने लामिछानेको  भनाई थियो । 

साथै उनले  संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाए ।