झापाको बिर्तामोडमा सञ्चालित होटल हिकोला हेरिटेज स्थापनाको ९ औं बर्षमा प्रवेश गरेको छ ।   आन्तरिक र बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर २०७२ साल भदौं ४ गते होटलको स्थापना भएको थियो । 

 स्थापना दिवसको अवसरमा भदौं ४ गते पर्यटन प्रवर्धनका लागि साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिने सञ्चालक देबीभक्त श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए । 

368798960_2206292289574121_5155948836669023117_n

पुर्बी नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यका स्थापना भएको होटलले आन्तरीक तथा बाह्रय पर्यटक तथा  आगन्तुक पाहुनाहरुलाई उत्कृष्ट सेवा पस्किएरहेको  सञ्चालक श्रेष्ठको भनाई छ ।  

पारिवारिक वातावरणसहितको रेस्टुरेन्ट रहेको होटलमा होटलमा इन्डियन, कन्टिनेन्टल, चाइनिज, थकाली लगायतका खानाका परिकारहरु उपलब्ध हुने होटलका  प्रवन्ध निर्देशक गौरव श्रेष्ठले बताए ।  

होटलमा भीआइपी बार तथा सुबिधा सम्पन्न कोठाहरु छन् । ब्यवस्थित कार्यक्रम हलसँगै २०७५ चैत्र २५ देखि स्पा र ज्याकुजी सहितको युनिसेक्स सलोन सञ्चालन रहेको छ । 

२०७६ माघ २६ गतेदेखि काँकरभिट्टामा पहिलो शाखा सञ्चालन गरेको होटलले ९ औं वर्ष प्रवेश गरेको अवसरमा कोठामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई छ ।  होटलले चाँडै सुबिधा सम्पन्न कफी क्याफे सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।  

पर्यटन उद्योगको रुपमा २०४२ सालमा हिकोला कलर ल्याबबाट शुरु भएको  व्यवसाय अनुपमा ट्राभल्स हुँदै होटल ब्यवसायसम्म आइ पुगेको हो । 

मेचीनगर नगरपालिका–१ मा पाथिभरा कृष्णथुम्की कृषि तथा पर्यटन प्रालिका नाममा ५ बिगाहा जग्गा समेत खरिद गरिसकिएको जनाइएको छ ।  

कार्यक्रममा होटलका मेनेजर विवेक बराल, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, कोषाध्यक्ष भवानी गौतम, सल्लाहकार कृष्ण पौडेल, कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन ।