सन्तोष न्यौपाने / झापा 

झापाको मेचिनगर ७ स्थित डेरी उद्योगबाट निस्किने फोहोर पानीले वातावरण दुर्गन्धीत बनाएको छ । डेरी उद्योगबाट निस्किने केमिकल सहितको सेतो फोहोर पानीले करिव एकसय बढी घर परिवार प्रत्यक्ष पीडित बनेका छन् ।

झापाको मेचिनगर ७ स्थित इटाभट्टामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगबाट निस्किने केमिकल सहितको सेतो फोहोर पानीका करिव एकसय बढी घर परिवार प्रभावित बनेका छन् । डेरी उद्योगको चरम लापरवाही र उदासिनताले मेचिनगर ७ स्थित ईच्छा टोल विकास र जोरसिमल टोल विकास समितिका स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको हो ।

20230817_114321 (1)

मुख्य राजमार्गसंगै उत्तरपट्टि रहेको डेरीले उत्पादित फोहोर पानी सिधै पाइप लगाएर खोल्सोमा खसाल्ने गरेको छ । डेरीबाट निकल्ने फोहोर पानीका कारण घरमा लामखुट्टे लागेर बस्न नसकिने तथा दुर्गन्धका कारण घर पिच्छे बालबालिका तथा बृद्धहरु बिरामी भइरहेको स्थानीय खगेन्द्र काफ्लेले बताए । समस्या सामाधानकालागि डेरी उद्योगले पहल नै नगरेको अर्की स्थानीय चन्द्रकला रिजाल बताउंछिन् ।

20230817_115249 (1)

फोहोर पानीको व्यवस्थापनका लागि पटक–पटक नगरपालिका र डेरी उद्योग धाउँदा पनि सुनुवाई नभएको स्थानीयको दुःखेसो छ । डेरी स्थापना अघि यस्तो समस्या कहिल्यै नभएको उनको भनाई छ । डेरी उद्योगबाट निस्के दुर्गन्धयुक्त फोहोर पानीका कारण वातावरण समेत प्रदुषित बन्दै गएको छ । 

20230817_115232


वर्षादको समयमा केहि गन्ध कम भए पनि चैत र वैशाख तथा गर्मीको समयमा गन्हाएर घरमा बस्न नसकिने इच्छा टोल विकासका अध्यक्ष अमरकुमार गोबाजु बताउंछन् । मौरीको गोला जस्तै लामखुट्टे आउने भएका कारण समस्या भएको स्थानीय  देबी प्रसाद काफ्ले बताउंछन् । दुर्गन्धीत पानीका कारण पशुपक्षंीमा समेत असर पुगेको स्थानीय चन्द्रकला पाठक बताउंछिन् । फोहोर व्यवस्थापनमा ध्यान नदिदा डेंगुको जोखिम बढेको उनी बताउंछिन् । 

गाउँ नै दुर्गन्धीत हुने गरी बर्षौंदेखि डेरीले पैनीको पानीमा केमीकल युक्त फोहोर पानी मिसाएर स्थानीयको स्वास्थ्यमा असर पु¥याए पनि सो उद्योगमाथि कारवाही गर्न कसैले तदारुकता देखाइएको छैन ।।