श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल जिल्ला कार्य समिति झापाको दोस्रो स्थापना दिवसमा सामाजिक कार्य गरिएको छ ।

368359539_273065962258476_5215984317007088552_n

जिल्ला कार्य समिति झापाको आयोजनामा तथा इकाई समिति दुहागढीको व्यवस्थापनमा सोमबार सामाजिक कार्य गर्दै स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसमा मेची नगरपालिका १४ दुहागढी  मिलडाँडा निवासी विपन्न तथा अशक्त प्यारालाइसीस बाट थलिएकी एकल महिला आम्ती वृजालाई खाद्यान्न सहयोग गरेको बाइजुराज झापा अध्यक्ष मिरा अधिकारी ओलीले जानकारी दिइन् ।  


जिल्ला अध्यक्ष ओलीको अध्यक्षयतामा भएको कार्यक्रममा बाइजुराज केन्द्रिय सदस्य अस्मिता खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

सहयोग हस्तानतरण कार्यक्रममा भद्रपुर नगरपालिका ९ का वडा अध्यक्ष राम दाहाल, स्थानीय समाजसेवी तारा न्यौपाने,सिताराम थापा लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै स्थापना दिवसको  अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर दुहागढीमा जिल्ला कार्य समिति झापाको आयोजनामा तथा इकाई समिति दुहागढीको व्यवस्थापनमा  दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

जिल्ला अध्यक्ष ओलीको अध्यक्षयता भएको कार्यक्रममा बिन्दा माताजी, मन्दिर अध्यक्ष दिपक ढुंगाना युवा परिषद झापा अध्यक्ष टहल दास ओली बाइजुराज केन्द्रिय सदस्य अस्मिता खनाल,भानु प्याकुरेल स्थानीय इकाई अध्यक्ष सुमित्रा पौडेल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा शुकदेव महाराजजी, मन्दिरका पुजारी, पुर्व पुजारी , मन्दिर समितिका पुर्व अध्यक्ष गोपाल कृष्ण मैनाली , सचिव टीका पौडेल,  बाइजुराज चारपानेकी अध्यक्ष यसोदा उप्रेती लगायत स्थानीय मन्दिर समिति बाइजुराज समिति युवा परिषद तथा सुन्दरसाथको उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन बाइजुराज जिल्ला सचिव मेनुका संगौलाले गरेकी थिइन ।

सोही स्थापनाको अवसरमा झापा जिल्ला भरिका इकाईहरुमा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको बाइजुराज जिल्ला कोषाध्यक्ष कल्पना वाग्ले तिम्सिनाले जानकारी दिइन् ।

बाइजुराज आज भन्दा ४ सय बर्ष भन्दा अगाडी देखि नै रहेको र नेपालमा पनि लामो समयदेखि  नै समिति बनाइ कार्यहरु गर्दै आएको तर सरकारी मान्यतामा दर्ता गरि अघि बढेको चैं यो दोस्रो बर्ष भएकाले दिपप्रजलन सहित विपन्नलाई सहयोग गरेको बाइजुराज जिल्ला अध्यक्ष ओलीको भनाई छ ।