भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रयान तीनलाई चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । योसँगै भारत चन्द्रयानलाई दक्षिण ध्रुवमा अवतरण गराउने पहिलो मुलुक बनेको छ ।

चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनले मात्रै सफलतापूर्वक चन्द्रयान अवतरण गराएका थिए । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान प्रक्षेपण गरेको थियो ।

चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको थियो ।

‘चन्द्रयान–३’ मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पु¥याउनुका साथै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गर्ने जनाइएको छ ।।