नेकपा एमालेका अध्यक्ष केपी ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले छानबीन गर्नसक्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नभएपनि आवश्यक परे गर्दा हुने बताएका हुन् । उनले टि स्टेटको जग्गा सट्टापट्टासम्वन्धी निर्णयमा शंका गर्नुपर्ने कुनै कारण नभएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले अब गठन हुने उच्चस्तरीय छानबिन आयोगले सधैँका लागि तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने पनि बताए ।

त्यस्तै, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो मात्रै भएको टिप्पणी गरे ।

महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताए ।।