नेपाल कम्युनिस्ट पार्टी (विप्लप) ले संघर्षका कार्यक्रमसहित संगठन बिस्तारलाई तिब्रता दिएको जनाएको छ । पार्टीले बुधबारआज बिर्तामोडमा पत्रकार भेटघाट  आयोजना गरी आर्थिक उत्पादन, सांस्कृतिक, नमुना निर्माण, विविध लगाायतका कार्यक्रम सार्वजनिक गर्दै संगठन विस्तारलाई तिब्रता दिएको जनााएको छ ।

पार्टीको मेची ब्युरोको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका ब्यूरो इन्चार्ज सुमनसिंह सीले विभिन्न १३ बुदे संघर्षका कार्यक्रम साार्वजिक गरेका हुन् ।

पार्टीले एमसिसी परियोजना रास्ट्रघाती भएको निकर्ष निकाल्दै त्यस विरुद्ध शसक्त प्रतिरोध संघर्ष गर्ने, मानव तस्करहरुको पहिचान गरि शसक्त कारवाही संचालन गर्ने, लघुबित्त, मिटरब्याजी र चर्को बैंक ब्याजदर बिरुद्ध संर्घष जारी राख्ने, महिला हिंसा र जातिय विभेद बिरुद्ध कडा कारबाही संचालन गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका शोषण र अनियमिता बिरुद्ध संघर्ष संचालन गर्ने, भ्रस्टाचार, अनियमिता, कालोबजारी, महङ्गी र ठगी बिरुद्ध कडा कारवाहि गर्ने, मजदुरहरुको उचित पारिश्रमिक र सुबिधाको विषयमा संघर्ष गर्ने लगायतका १३ बुँदे संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विप्लप माओवादीले झापा जिल्लालाई दुई वटा जिल्लामा विभाजन गर्दै जिम्मेवारी तोकेको छ । जस अनुसार दमक केन्द्र रहने गरी दमक, गौरादह, शिवसताक्षी, कनकाई  नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिका रहेको पश्चिम झापा नाम रहने गरी एउटा जिल्ला निर्माण भएको छ । त्यसको इन्चार्ज संजय सी र सेक्रेटरीमा बिनोद सी रहने जनाइएको छ ।

त्यस्तै भद्रपुर केन्द्र रहने गरी भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, बुद्धशान्ती, कचनकवल, बाह्रदशी, हल्दिबारी गाउँपालिका रहेको पूर्व झापा नाम रहने गरी एउटा जिल्ला निर्माण गरेको  छ । त्यसको इन्चार्ज पार्टी केन्द्रीय सदस्य प्रशान्त सी र सेक्रेटरी हुकुम सी रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 त्यस्तै इलामको इन्चार्ज पार्टी केन्द्रीय सदस्य मौसम सी र सेक्रेटरी नवराज सी, पाँचथरको इन्चार्जमा केन्द्रीय प्रतिनिधि सदस्य सन्तोष सी र सेक्रेटरीमा बिद्रोही सी रहने जनाइएको छ ।

नेता तथा कार्यकर्ताहरुलाई आत्मानिर्भर बनाउने उद्धेश्यका साथ  कृषि उत्पादन, उधोग र ब्यवसायमा समेत जोड्ने, पार्टीका नेता कार्यकर्ताको लेवीलाई वृद्धि गर्ने, उत्पादन कार्यलाई तिब्रता दिने, झापाका सबै पालिकामा  न्युनतम एक बिगाहमा खेती गर्ने, इलाममा अकबरे, चिया, अदुवाको खेती गर्ने, पाँचथरमा बाख्रापालन गर्ने जनाएको छ ।