बिर्तामोड झापाको अर्जुनधारा–९ का २४ वर्षीय अमृत रेग्मीको  करेन्ट लागेर बुधवार दिउँसो मृत्यु भएको छ ।  श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन गएका अमृतको आफैँ करेन्ट लागेर ज्यान गएको हो । कुटी काट्ने मेसिनबाट अचानक ममतालाई करेन्ट लागेपछि अमृत बचाउन गएका थिए । उनलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।  ममताको भने बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।