बिर्तामोड  : दक्षिण कोरिया जाने नेपाली युवा–युवतीका लागि लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण केन्द्र  सञ्चालनमा आएको छ ।

बिर्तामोड–४ स्थित भद्रपुर रोडमा बुसान सिटी कोरियन भाषा प्रशिक्षण केन्द्र बिहीबार (आज) देखि सञ्चालनमा आएको हो । उक्त भाषा प्रशिक्षण केन्द्रको उद्घाटन कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका छन् । 

 ५ बर्ष कोरिया बसेर आएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् । सञ्चालक राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत कोरियन भाषा प्रशिक्षक गोबिन्द दाहालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सरोज न्यौपानेले गरेका थिए ।

उक्त प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने, सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने, अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने सञ्चालक राईले जानकारी दिए ।