होटल व्यवसायी संघ मेचीनगरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । करीव २२ लाख रूपैयाँ लागतमा निमार्ण भएको भवनको   आज बिहिबार कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र बिशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा  गरेका हुन् ।   

संघका अध्यक्ष सुरेशकुमार )गोपाल) श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका  महासचिव हस्तकुमार तामाङले गरेका थिए । कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उप–प्रमुख उप्रेती,  होटल व्यवसायी संघ झापा अध्यक्ष ईन्दिरा श्रेष्ठले, संघका पुर्व अध्यक्ष एवम् मेचीनगर नगरपालिका वडानम्वर – ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाईट चेस क्लव काँकडभिट्टाका अध्यक्ष एवम् होटल व्यवसायी राजु कार्की लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा पुर्वअध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा  स्वागत संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर )ध्रुव) गिरीले गरेका थिए ।