श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा  श्रीमद् वितक तथा कृष्ण कथा जारी रहेको छ ।  सोमबार नागपञ्चमीदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्री कृष्ण कथा कार्यक्रम सुरु भएको हो । कार्यक्रम भदौ ३ गते श्री कृष्ण जन्माष्टमी सम्म चल्ने छ । कार्यक्रम हरेक दिन बिहान ११ बजेदेखि २ ः ३० बजे सम्म चल्ने जनाइएको छ । कार्यक्रममा करीब १  सय ५० बढी  सुन्दरसाथजी भक्तजनको सहभागिता रहंदै आएको 

श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेका अध्यक्ष तथा सत्सङ सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।  उनले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताए । धर्मले सहयोगी भावना तथा आपसी माया, सदभाव बढाउने भएका कारण यस्ता कार्यक्रम फलदायी हुने उनको भनाई छ ।  

20230824_143638

मन्दिर स्थापनाकाल २०१८ सालदेखि नै बर्षेनी कार्यक्रम हुंदै आएको मन्दिर सञ्चालक समितिका सचिव श्याम घिमिरेले जानकारी दिए । भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिने जनाइएको छ । 

20230824_143555

एक महिनासम्म चल्ने वितक कथाको प्रमुख  वाचक शास्त्री आशिष भण्डारी रहेका छन् । उनले प्रणामी धर्मको इतिाहास तथा श्रीमद् वितकको महत्वको बारेमा जानकारी दिंदै प्रवचन दिइरहेका छन् । यो कार्यक्रम अहिले झापा जिल्लाका ३४ वटै प्रा.स.हरुमा भइरहेको श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरको बाइजुराज प्रा.स. अध्यक्ष बिन्दीया बस्नेतले जानकारी दिइन । 

करीब सोही मन्दिरमा ३० बर्षदेखि रामप्रसाद घिमिरेले प्रत्येक शनिबार नजिकैका बालबालिकालाई आचरण, अध्या त्मीक संस्कार, गिता पाठहरु गराइरहेको पनि जनाइएको छ ।