बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवालमाथि धारिलो हतियार प्रहार भएको छ । बिहिबार आज साँझ ७ बजे शिवसताक्षी–९ स्थित झरना खोला नजिकै उनीमाथि हात्ते बन्चरो प्रहार भएको झापा प्रहरीले जनाएको छ ।
झरना पुल नजिकै लागु औषध ब्राउनसुगर सेबन गरीरहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईप्रका झिलझिलेका प्रमुख कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३ जना सवार मे ४ प २७५१ नम्बरको मोटोर साइक लापरबाहि हिसाबले चलाएको देखेपछि रोकेर सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार बर्ष ३६ को अशोक पोखरेलले अचानक लुकाई छिपाई ल्याएको हाते बन्चरो प्रहरी निरीक्षकको टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा ८ टाका र हातको औलामा ३ टाका लगाइएको जनाइएको छ । उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात बिएण्डसी अस्पतालमा ल्याइएको छ । मोटरसाइकल चालक बर्ष ३२ को बिकाश भन्ने अरुण तामाङ र बिचमा सवार बर्ष ३३ को लक्ष्मण टुडु ,बन्चरो प्रहार गर्ने पोखरेल ३ नै जना सहित मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।