झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको देशकै नमुना सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको  ११औं विस्तारित बैठक समपन्न भएको छ । 

आज शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा कोशी प्रदेशका ६ वटा जिल्लाका  ८० वटा सेवा केन्द्रका उपसमितिका पदाधिकारी सहभागि रहेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले चालू आर्थिक बर्षमा संस्थालाई माथि पु¥याउन सबै लाग्नु पर्ने धारणा राखेका थिए । 

niraula

उनले संस्थालाई स्थापित गराउंदै अझ माथि उठाउन सिंगो टिम लागि पर्दै आएको भए पनि अगामी दिनमा  यतिले मात्र लक्ष्यप्राप्त गर्न सहज नहुने बताए । उनले अब संस्थाले लिएको लक्ष्य प्राप्ती गर्न  कर्मचारी, सञ्चालक समिति अझ सक्रिय बन्नुपर्ने बताउंदै  संस्थाको हितमा लाग्न सबैलाई निर्देशन दिएका थिए ।

212   

कार्यकारी प्रमुख गिरीले यो आर्थिक बर्षमा सदस्य बृद्धि अभियान चलाएर युवालाई संस्थामा भित्राउने लक्ष्य लिएको बताए । संस्थामा  युथ एकाडेमी खोलेर शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा अग्रसरता गराउने अगामी योजना रहेको सुनाएका थिए । 

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले समग्र वित्तीय अवस्थिति बारे प्रकास पारेका थिए । 

संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा  विभिन्न सेवा केन्द्रमा नियुक्त उपसमितिका संयोजक र सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।  संस्थाले सदस्यलाई १० अर्व ९८ करोड बढी लगानी गरेको जनाएको छ ।

त्यस्तै संस्थाले १० अर्व ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैया लगानी गरेको उल्लेख छ । संस्थाले १ अर्व ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैया शेयर पूजी तथा ११ अर्व १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैया बचत संकलन गरेको जनाएको छ ।

संस्थाको कर्जा कारोबार अघिल्लो वर्षको १३ अर्बभन्दा घटेर ११ अर्बमा झरेकोले सुधार गर्न आवश्यकता रहेको संस्थाले जनाएको छ ।