झापाको बिर्तामोडमा नयाँ बुधबारे बजार निर्माण भएको छ । बुधबारे हटियाका व्यापारीहरुले निमार्ण गरेको उक्त बजारमा उनीहरुले व्यवसाय समेत सुरु गरेका छन् ।
पुरानो बुधबार बजार नजिकै उत्तर पूर्वमा करिव १ करोड रुपैयांको लागतमा निमार्ण भएको उक्त बजारको आज शनिबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्धघाटन गरेकी छन् ।
उद्घघाटन समारोहमा बिर्तामोड वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी ओमकृष्ण विमली लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा महिला उद्यमी पार्वता खरेल बिमली, व्यवसायी सन्तोष अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।
नयाँ बुधबारे बजारमा ५१ वटा सटर निर्माण गरिएको छ । एकातिरबाट प्रवेश गरेर अर्कातिरबाट बारिह जान सकिने बजारमा लत्ता कपडा, जुत्ता, टेलरिङ, कस्मेटिक लगायतका व्यवसाय रहेका छन् । खानेपानी, विजुली र शौचालयसहितको सुविधा भएको बजारमा २ हजार देखि २५ सयसम्म सटरको भाडा व्यवस्था गरिएको छ ।
पाँच वर्षका लागि जमिन भाडामा लिएर व्यापारीहरुले आफ्नै लगानीबाट स्थापना गरेको बजारमा सहुलियत र गुणस्तरीय सामान पाइने बजारका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।