झापा :  झापाको अर्जुनधारा नगरपालिकाले नगर प्रहरी नियुक्त गरी दज्र्यानी चिन्ह प्रदान गरेको छ । नवनियुक्त नगर प्रहरीहरुलाई आइतबार  नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी सहायक निरीक्षक आइतमान तामाङ, प्रहरी हवल्दार डम्बर तामाङ र प्रहरी जवानहरु नीता भण्डारी, पूजा आचार्य, श्याम आचार्य, सरोज खनाल र सुमन लिम्बूले दज्र्यानी चिन्ह पाएको जनाइएको छ । 

नगर प्रहरीको नियुक्तिपछि नगर प्रमुख गोम्देनले नगरको सुशासन र पारदर्शीतामा टेला मिल्ने बताए । उनले नगरका जनप्रतिनिधि, कर्मचारीसँग नगरबासीको समन्वयमा नगर प्रहरीको प्रमुख भूमिका हुने भन्दै जिम्मेवार भएका काम गर्न निर्देशन समेत दिएका थिए । 

यस्तै, प्रमुख प्रशासकीय अधिकृत रिमालले नगरको न्याय सम्पादनमा नगर प्रहरीले अब्बल भूमिका निर्वाह गर्नसक्ने बताउँदै नगरको नीति, नियममा रही अघि बढ्न निर्देशनसमेत दिए ।