बिर्तामोड : माछा मार्नेक्रममा पैनीमा डुबेर बिर्तामोड १० का एक युवकको मृत्यु भएको छ । आज मंगलबार बिहान बिर्तामोड १० स्थित तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।