कोशी प्रदेशका प्रदेश सभा सदस्य सविना बजगाईका छोरा हिमाल बजगाई सहित तीनजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाको कारोवार गरिरहेको अबस्थामा धुलाबारीबाट मेचीनगर १० का ३४ वर्षिय नवी मिया चुरौटे , प्रदेश सांसद बजगांइका छोरा २५ वर्षिय हिमाल बजगाई र २५ वर्षकी स्मृति लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले बिशेष सुचनाका आधारमा नवी मियाको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला पारेको थियो । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्नका लागि राखिएको थियो । र सोही लागूऔषध राखिएको कोठामा तीनैजना फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई इप्रका धुलावारीमा राखिएको बताइएको छ । मिया लागूऔषधको कारोवारी भएकाले उसलाई मुद्धा चलाउने , अरु दुईजना संगै भेटिएको र लागूऔषध नभेटिएकाले मनोपरामर्श गरी छाडिने प्रहरीले जनाएको छ ।