श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल,कोशी प्रदेश जिल्ला कार्य समिति झापा,इकाई समिति शनिश्चरेले आज बिहिबार  मिलाप दिवस विविध कार्यक्रम गर्दै मनाएको छ ।  

प्रणामी धर्मावलम्बीहरुले आज रक्षा बन्धनको दिनलाई मिलाप दिवसको रुपमा मनाउने गरेका छन् ।आज भन्दा ५ हजार बर्ष अगाडी महाभारत कालदेखि नै श्रीकृष्ण प्रणामी धर्मको विजारोपण भएको हो  

करीब धेरै सताब्दी पूर्व सद्गुरु श्री देवचन्द्रजी महाराजद्वारा आज भन्दा ४५० बर्ष अगाडी यश धर्मको खोज र विस्तार भएको हो । श्रीकृष्ण प्रणामी धर्म विस्तार हुदै स्वामी प्राणनाथजी महाराजले विभिन्न ठाउँहरुमा धार्मिक प्रचारको कार्य गर्दै आएको र आज आएर यश धर्म प्रचारको क्रममा त्यसपछिका महाराजजीहरु द्वारा भयरहेको छ ।

7777

साथै आजको विशेष दिन स्वामी श्री प्राणनाथ महाराजजी तथा छत्रशाल महाराजको मिलन भएको दिनलाई प्रत्येक बर्ष मिलाप दिवसको रुपमा मनाउने गरेको जनाइएको छ ।

 सोहि किम्बदन्ती अनुरुप आज श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा बाइजुराज इकाईले मिलाप दिवसकै अवसरमा श्री कृष्ण भगवानलाई १०८ भोग समेत चढाइएको छ ।  बाइजुराज प्रा.स.अध्यक्ष बिन्दीया बस्नेतका अनुसार यसरी भगवान कृष्णलाई शनिश्चरे इकाईले १०८ भोग चढाएको पहिलो पटक हो । 

धार्मीक आस्था र मान्यता अनुसार १०८ को महत्व एक दमै धेरै रहेकाले र भगवान श्री कृष्णलाई भक्तहरुले १०८ नाम दिएका छन् । तसर्थ पनि फलफुल, मिठाई, खिर, हलुवा लगायतका बिबिध १०८ परिकार चढाइएको बाइजुराज इकाई अध्यक्ष बस्नेतले जानकारी दिइन । 

4444

स्थानीय प्रणामी धर्मावलम्बी सहित बाइजुराजका पदाधिकारीहरुको सहयोगमा उक्त सामाग्री जुटाइएको बाइजुराज प्रा.स. उपाध्यक्ष रश्मी घिमिरेले बताइन् । 

साथै आज उपस्थित भक्तजन तथा सहभागिकालागि एक दिनको भण्डार कुंवर तथा बिष्ट परिवारले उपलब्ध गराइएको जनाइएको छ । 

अर्जुनधारा ८ का लिला कुंवर, खगेन्द्र कुवंर, बिर्ख कुवंर, विरेन्द्र कुवंर, हेमन्त कुवंर, हर्क कुंवर तथा अर्जुनधारा ९ का पवित्रा बिष्ट र कुलबहादुर विष्टले भक्तजनकालागि निशुल्क भोजन तथा प्रसाद उपलब्ध गराएका हुन् । 

8888

शनिश्चरे मन्दिरमा नागपञ्चमीदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्री कृष्ण कथा भइरहेको छ । बितक श्री कृष्ण जन्माष्टमी सम्म चल्ने श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेका अध्यक्ष तथा सत्सङ सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए । 

वितक कथाको प्रमुख  वाचक शास्त्री आशिष भण्डारी रहेका छन् । उनले प्रणामी धर्मको इतिहास तथा श्रीमद् वितकको महत्वको बारेमा जानकारी दिंदै प्रवचन दिइरहेको पनि अध्यक्ष बस्नेतले बताए ।  करीब २ सय  बढी  सुन्दरसाथजी भक्तजनको सहभागिता रहंदै आएको जनाइएको छ ।