बिर्तामोड :  झापा जिल्ला हक्की संघको अध्यक्षमा बिर्तामोड ३ का युवा मनोज बुढाथोकी चयन भएका छन् । शुक्रबार (आज)  बिर्तामोडमा भएको संघको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा निर्वाचित बुढाथोकी सामाजिक अभियान्ता तथा खेलप्रेमी हुन् । उनी बिभिन्न संघ संस्थामा आबद्ध छन् । 

त्यस्तै, संघको उपाध्यक्षमा किरण गुरुङ, सचिवमा ज्ञानेन्द्रबहादुर खड्का र कोषाध्यक्षमा सरस्वती थापा चयन भएका छन् ।

संघको सदस्यमा भाष्कर आचार्य, जीवन रिजाल, विशाल बिमली, दिपक बुढाथोकी, शंकर बस्नेत, ऋषभ निरौला, दिपेश चौधरी, सविना दर्नाल र भुवन कार्की चयन भएका छन् ।

52 pic manoj

हक्कीका वरिष्ठ प्रशिक्षक रञ्जन थापाको अध्यक्षतामा भएको अधिवेशनका प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिशिष्ट अतिथि झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले निर्वाचित बुढाथोकी सहतिको टिमलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, व्यवसायी बलराम कार्की, सुरेश आलेर रमेश चौधरी लगायतको आतिथ्यता रहेको थियो ।