बिर्तामोड : बिर्तामोड स्थित भद्रपुर रोडमा शाखा रहेको जेन्यूइन एजुकेशन एन्ड भिसा सर्भिसेजले एजुकेशन फेयर सञ्चालन गर्ने जनाएको  छ ।

विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्न    जान चाहने विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले जेन्यूइन एजुकेशनले नेपालको पाँच सहरमा एजुकेशन फेयर गर्न लागेको जेन्यूइन एजुकेशनका निर्देशक लक्ष्मीकान्त खनालले पत्रकार भेटघाटमा जानकारी दिए । 

pic 1 add

एजुकेशनका निर्देशक खनालका अनुसार भदौ २१ गते दमकमा, २२ गते इटहरीमा, २३ गते बिर्तामोडमा, २९ गते चितवनमा र असोज ३ गते काठमाडौँमा फेयर सञ्चालन गरिनेछ ।   

मुख्य कार्यालय अष्ट्रेलियाको मेलवर्नमा रहेको जेन्यूइन एजुकेशनको स्थापना २०१६ भएको र हालसम्म ६ सयभन्दा बढी विद्याथीलार्ई  सहजीकरण गरेर अष्ट्रेलिया लगायतका देशहरुमा अध्ययनका लागि पठाइएको निर्देशक खनालको भनाई छ ।  

87777

अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि विषय, कलेज तथा विश्वविद्यालय, शिक्षण शूल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानुनलगायतका विषयमा जेन्यूइन एजुकेशन फेयरमा जानकारी दिइने बिर्तामोड शाखाका व्यवस्थापक विनोद खनालले बताए ।  उच्च अध्ययनका लागि विदेशमा जान इच्छुक विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिबाटै एजुकेशन फेयरमा सहजीकरण गरिने भएको छ ।