झापा : नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ । नेपालीकांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यतथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्षक विन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हकअधिकारलाई निजामती  ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएकाथिए । 

कार्यक्रममाबोल्दै प्रमुखअतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमाजोड दिए । उनले राष्ट्र सेवककर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अबबन्नलागेको निजामतीकर्मचारी ऐनमा सबै कर्मचारीकाहकअधिकार सुनिश्चितागरिने बताए । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्ब मेडिकल सुपरिटेण्डेन्ट डा.जयकुमार ठाकुर,देवीप्रसाद सुवेदीलगायतले मन्तव्यराखेकाथिए । नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले सञ्चालनगरेकाथिए । 

पत्रकार भण्डारीसहित१८ जना सम्मानित

नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसमा पूर्बाञ्चल दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका भण्डारीले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको थियो । 

त्यस्तै  मेचीअभियानका संयोजकविजय डालमियाले सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै उनलाई समेत सम्मानगरिएको थियो । सम्मानित भण्डारी र  डालमियालाई कार्यक्रमका प्रमुखअतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विशिष्ठ अतिथि सहायक प्रमुख जिल्लाअधिकारी रुद्र न्यौपाने , नेपाल निजामती कर्मचारीयुनियनझापाकाअध्यक्षबविन्द्र विक्रम नेम्वाङले संयुक्त रुपमा सम्मानपत्रप्रदान गरेकाथिए । 

यसैबीचनेपालनिजामतीकर्मचारीयुनियनझापाकापूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथलम्साल, सहित १८ जनालाई सम्मानगरिएको थियो । सम्मानितहुनेहरुमा उत्कष्ष्ठ कर्मचारी दुई जना रहेका छन् । जसमाबिर्तामोड नगरपालिकाकाकर्मचारी शोभादेवीदाहाल, वन रक्षक शिरीमणि गुरुङ रहेका छन् । 

त्यस्तै अवकास प्राप्त कर्मचारीहरु मेची प्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखाअधिकृत जीवराज भट्टराई, मेचीनगरका कमल प्रसाद कोइराला, सिपविकास तथातालिम केन्द्रका रमेश कोइराला, मेचीनगरपालिकाका इन्द्र वहादुर थापा, सडक डिभिजन कार्यालय दमककाअम्विका देवीअधिकारी, जिल्ला हुलाक कार्यलयका विष्णु प्रसाद अधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायात कार्यालयका सुभास कुमार श्रेत्री, मेची भन्सार कार्यालयका महेश कुमार न्यौपाने, डिभिजन वनकार्यालयका युवराजदाहाल,  अनमीमुनादेवी सापकोटा लाई सम्मान गरिएको थियो ।