हराइरहेका झापाको दमक १ का डाक्टर प्रज्वल कोइरालाको शव कोशीको भङ्गालोमा भेटिएको छ । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए ।
सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा २ को कोशीको भङ्गालोमा मङ्गलबार दिउँसो फेला परेको प्रहरीले जनाएको हो ।
कोशीमा माछा मार्नेहरूले भङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेका थिए ।