सन्तोष न्यौपाने÷झापा 

वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ चौतारी बिस्तारै लोप हुंदै जान थालेको छ । जीवनको उतरार्धको समयलाई आफ्नै उमेर समूहका सदस्यसंग भलाकुसारी गर्ने थलो चौतारी हराउन थालेपछि झापामा यसको संरक्षणको पहल थालिएको छ ।

घरका सदस्य व्यस्त हुँदा दिनभर चौतारी र प्रतीक्षालयमा रमाउंदै आएका वृद्धवृद्धालाई बढ्दो सहरीकरणले चौतारीहरू मासिन थालेका छन् । जेष्ठ नागरिक समाजको मार्गदर्शक हुन् । उनीहरुको सहजता र सम्मान गर्दै झापाको नमुना सहकारी सहारा नेपाल सकोसले केहि बर्षदेखि स्थानीय तहको साझेदारीमा जेष्ठ नागरिक चौतारी निमार्ण गर्दै आएको छ ।

स्थानीय तहको साझेदारीमा जिल्लाका बुद्धशान्ति, कन्काई, बिर्तामोड , अर्जुनधारा लगायतका पालिकामा निमार्ण गरिएका जेष्ठ चौतारीले बृद्धवृद्धा नागरिकलाई सहज भएको छ । चौतारीको अभाव हुंदा  बजारमा रहेका होटलमा चिया खांदै एकछिन बसेर घर फर्किनु पथ्र्यो अहिले भने सहज भएको छ ।

8777777

दिनभरी गफ गछौं बस्छौं झापा कन्काई नगरपालिका १ मा अवस्थित सहारा साकोस कन्काई जेष्ठ चौतारीका अध्यक्ष क्रिषीकेश खतिवडा बताउंछन् । सहाराले आफुहरुलाई ठुलो गुन लगाएको बताउंछन् ।  

जेष्ठ नागरिकले समाजमा सभ्यता र संस्कार सिकाएको भन्दै उनीहरुको ज्ञान, सिप, अनुभव आदान प्रदान गर्न चौतारो सार्थक बनेको छ । सहारा नेपालले भेटघाटसंगै भजन कृतन गर्ने मनोरञ्जन स्थलको रुपमा चौतारी सहितको भवन निर्माण गरेको जनाएको छ । संस्थाले जिल्लाका बिभिन्न पालिकामा झण्डै ३ करोड खर्चिएर २५ वटा जेष्ठ चौतारी निमार्णमा सहयोग गरिसकेको छ ।

अगामी दिनमा संस्थाले बार्षिक १० वटाका दरले जेष्ठ चौतारी निमार्ण गर्ने लक्ष्य लिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरी बताउंछन् । 

vlcsnap-2023-09-05-21h23m24s111

पछिल्लो पुस्ताका मानिस आ–आफ्नै काममा व्यस्त छन् । ज्येष्ठ नागरिकको जीवन भने दिनप्रतिदिन एक्लिँदो छ । तिनै ज्येष्ठ नागरिकको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । चौतारीमा अहिले उनीहरु भजन, किर्तन, अनुभव साटासाट गर्ने गर्छन ।

एक लाख ६० हजार शेयर सदस्य र पूर्वका ६ जिल्लामा ८० वटा केन्द्रबाट सेवा प्रवाह गरिरहेको संस्थाले जेष्ठ नागरिकबाट अहिलेको पुस्ताले ज्ञान लिनुपर्ने भन्दै उनीहरुका लागि थालिएको यो सत्कर्म अन्यका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ । व्यवसायीकता संगै सामाजिक दायित्वमा पनि सबैको हातेमालो हुनुपर्छ भन्ने सन्देश पनि यस्तो कार्यले प्रदान गरेको छ ।।