अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का अव्यवस्थित बसोबास तथा भूमिहीनहरूलाई बुधबार निस्सा वितरण गरिएको छ ।

अर्जुनधारा ५ का वडाध्यक्ष गिताराज खड्काको अध्यक्षता तथा नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा वडाका ४४ जना अव्यवस्थित बसोबास तथा भूमिहीनलाई जग्गाको निस्सा वितरण गरिएको हो ।

373261493_686026773572460_8613972524221331938_n

उक्त निस्सा पहिलो चरणमा बाँडिएको हो । भूमि आयोग फोकल पर्सन वीरबहादुर राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नगर प्रमुख गोम्देन र वडाध्यक्ष खड्काले आफ्ना भनाइ राखेका थिए ।

373030646_981132056435814_5103650674506881200_n

कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिकी सदस्य रिता नेपालीले गरेकी थिइन् । यसअघि अर्जुनधारा वडा नम्बर १ र वडा नम्बर ११ का अव्यवस्थित बसोबास तथा भूमिहिन परिवारलाई निस्सा वितरण गरिएको नगर प्रमुखका सचिवालयले जनाएको छ ।