विर्तामोड : विर्तामोडमा अनारमनी सोसियल युथ क्लव गठन भएको छ । आज बिहिबार आयोजित युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा क्लब गठन भएको हो ।
विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित युवाहरुको भेलाबाट मुखिया सहित विभिन्न उपसमितीको सयोंजक समेत सार्वजनिक गरेको विर्तामोड ३ का वडा अध्यक्ष मदन वुढाथोकीले जानकारी दिए । उपसमितीका सयोंजक नै अनारमनी सोसियल युथ क्लवका सदस्यहरु रहने गरि कार्ययोजना निर्माण गरिएको रेडक्रस झापाका सदस्य सजेस सिवाकोटीले जानकारी दिए ।
समितिका उपसमितीका सयोजकहरुमा कुमार सुवेदी ,अभिसेक राजबशीं,दिनेश मैनाली ,सव्दर अन्सारी ,रुमिला ,श्री न्यौपाने,सजंय पौडेल, सौगात माझी,आकाश खड्का,कृष्ण राजबशीं,सौगात,नविन विमली ,गौरी न्यौपाने,कृष्ण बाराकोटी ,जगन्नाथ भटराइ,राजकुमार ओली सहित १५ सदस्यीय समिती निर्माण गरिएको विर्तामोड नगरपालिकाका नगर परिषद सदस्य हरि बास्कोटाले जानकारी दिए ।
विर्तामोड क्षेत्रमा देखिएको लागु औषध द्रूव्यसनी देखि फोहोरमैला व्यावास्थापन,ग्रिन विर्तामोड,स्वास्थ्य सचेतना,खेलकुद लगाएतका विषयमा काम गर्ने लक्ष्यका साथ क्लवको समिती निर्माण गरिएको हो।
विगत केही समय देखि विर्तामोडका युवाहरु कैलाश प्रसाइ ,राज मुखिया लगायतका युवाहरुको सहयोग सन्चालनमा रहेको यो क्लव अनारमनीको नामलाइ जिवन्त राख्न पनि सवैको जोड रहेको स्थानिय अगुवा प्रेम उप्रेतीले जानकारी दिए ।
गत आर्थिक वर्षे देखि ने विर्तामोडमा ग्रिन विर्तामोड अभियान सन्चालन गरि कार्य गर्दै आएको युवाहरुको समुहले यो सस्थांको अगुवाइ गर्ने तयारी गरेको स्थानीय अगुवा कुमार बुढाथोकीले बताए ।