झापाको बिर्तामोडमा श्री कृष्ण रथयात्रा निकालिएको छ । श्री कृष्ण प्राकाट्यको भोलिपल्ट अर्थात भदौं २१ गते आज बिहिबार नन्द उत्सवको अवसर पारेर  बिर्तामोडमा श्री कृष्ण रथयात्राको निकालिएको हो ।  

धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही परम्परा अनुसार श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा निकालिएको हो । रथयात्रामा बिभिन्न धार्मिक ब्यक्तिहरु सहित व्यवसायी तथा स्थानीयको उल्लेखीय सहभागिता रहेको थियो । 

20230907_115725

श्री बालाजी मन्दिर समितिका अध्यक्ष नबिन गोयलका अनुसार  बिहान १० बजे विषेश पूजाअर्चाना पश्चात  बालाजी मन्दिरबाट शुरु गरिएको रथयात्राले बिर्तामोड बजार क्षेत्र परिक्रमा गरेको थियो । सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भइ दुबै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरे रोडमा भेट भएर बिर्तामोड बजार परिक्रमा गरिएको थियो ।  

शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि यस पटक संयुक्त रथयात्रा गरिएको बालाजी मन्दिरका अध्यक्ष गोयलले बताए ।  

बिर्तामोडमा भएको रथयात्रामा हजारौ श्रद्धालु भक्तजनको सहभागीता रहेको सदगुरु सदनका युवा परिषद प्रा.स. अध्यक्ष बिदुर खनालले जानकारी दिए ।