झापा : होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुःन इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् । आज शुक्रबार बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालकालागि श्रेष्ठ पुःन अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
३ बर्षे कार्यकालकालागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । बरिष्ठ उपाध्यक्षमा ख्याम प्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला , टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा , भिम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् । उनीहरुलाई डिल्लीराम दाहाल संयोजक र डिल्लीराम घिमिरे, डिल्लीराम मैनाली सदस्य तथा सदस्य सचिव कल्पना मिश्रको निर्वाचन मण्डलीले सपथ ग्रहण गराएका थिए ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन समारोहमा होटल व्यवसायी महासंघका उपाध्यक्ष देबी गौतम (रबिन), कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, मेचिनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मनतब्य राखेका थिए ।
यता निर्वाचित अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निमार्णाधिन अवस्थामा रहेको जिल्ला संघको अपुरो भवनलाई पूर्णता दिने तथा कोभिड संगै आर्थिक रुपमा खस्किंदै गएको जिल्लाको होटल व्यवसाय र व्यवसायीको हक हितकालागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् ।
साथै उनले अघिल्लो कार्यकालमा कोभिडका कारण सोचे जती काम गर्न नसकिएको बताउंदै सबैको सहकार्य र सहयोगले केहि सकारात्मक काम गरिएको समेत बताइन । उनले अगामी दिनमा आफ्नो टिमले योजना बनाएर काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गरेकी छन् ।