बिर्तामोड  : बिर्तामोड स्थित न्युटन्स एजुकेशन एकेडेमी तथा न्युटन्स बाल क्लबले आयोजना गरेको ‘अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता–२०८०’ मा बालमिकी एजुकेशन फाउण्डेशन स्कुलमा अध्ययनरत शीतोष्णा तिम्सिनाले  प्रथम स्थान हासिल गरेकी छिन् ।

५७ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा शुक्रबार न्युटन्स एजुकेशन एकेडेमीको सभाहलमा भएको प्रतियोगितामा तिम्सीनाले प्रथम स्थान हासिल गर्दै नगद ५ हजार प्राप्त गरेकी छिन् । 

n2

त्यस्तै लिटल फ्लावर्स ईङ्गलिस स्कूलका छात्र अमन पौडेल  द्धितिय, मोहनमाया मा.वि की छात्रा एलीना तिम्सीना तृतीय घोषित भएका हुन । त्यस्तै  न्युटन्स एजुकेशनका छात्रा रोनिशा दाहाललाई सान्त्वना पुरस्कारबाट पुरस्कृत भए ।  दोस्रो, तेस्रो र शान्तवना पुरस्कार बापत उनीहरुलाई क्रमश ३ हजार २ हजार र १ हजार पुरस्कार प्रदान गरिएको बाल क्लबको फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिइन ।  

n1

बिर्तामोड नगरका सबै सामुदायिक विद्यालय र संस्थागतबाट बिर्तामोड ५, ४, १ का  विद्यालयका  विद्यार्थी प्रतियोगितामा सहभागि भएको न्युटन्स एजुकेशन एकेडेमीका प्रधानध्यापक देबेन्द्र हुमागांइले जानकारी दिए । 

नगर क्षेत्रका विद्यालयसंगको सम्बन्ध प्रगाढ बनाउन तथा विद्यार्थीको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको प्रधानध्यापक हुमागांइले बताए । 

n3

बिर्तामोड नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिनेश आर्चायको प्रमुख आतिथ्यता रहेको उद्धघाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्माथि न्यूटन्स एजुकेशनका  प्रधानध्यापक देबेन्द्र हुंमागांइले प्रकाश पारेका थिए । 

कार्यक्रमको निर्णायक मण्डल तर्फ शिक्षक घनश्याम पौडेलले  सम्पुर्ण सहभागी प्रतियोगीको मूल्याँकन गरेका थिए ।   कार्यक्रमको अध्यक्षता न्यूटन्स बाल क्लबका उपाध्यक्ष योसन उप्रेतीको  ,विशिष्ट अतिथी प्याबसन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, प्यासन सचिव सुरेन्द्र खरेल, बालबालिका , शिक्षा तथा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा न्यूटन्स एजुकेशन एकेडेमीको संस्थापक धर्मा पराजुली प्रसाई, विद्यालयका डाइरेक्टर आशिष प्रसाई सहित अन्यले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।  

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।  कार्यक्रममा विद्यालयको तर्फबाट सहभागिलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।