बिर्तामोड  :  जननायक वी।पी। कोइरालाको ११० औं जन्मजयन्ती विविध कार्यक्रमका साथ देशभर मनाइएको छ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिब्या कोइरालाका साइला सुपुत्रका रुपमा उहाँको जन्म भएको हो ।

नेपाली राजनीतिमा वी।पी। कोइराला र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामले सुपरिचित उहाँका तीनघुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदी आइन्, आत्मबृत्तान्त लगायतका चर्चित साहित्यिक कृतिहरु छन् ।

११० औं जन्मजयन्तीको अवसर पारेर राजनीतिक बृत्तमा उहाँको राजनीतिक जीवन, मूल्य, मान्यता, प्रजातान्त्रिक समाजवादी सिद्धान्तका बारे चर्चा गरिएको छ भने साहित्यिक बृत्तमा उहाँका कृतिहरुको चर्चासँगै साहित्यले दिएको सन्देशका बारे चर्चा गरिएको छ ।

यसै दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस झापा अन्तरगत अधिकांश पालिकाहरुमा  वीपी जयन्ती मनाइएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा  भद्रपुर–१० स्थित वीपी कोइरालाको शालिकमा माल्यार्पण, एवं बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा उपसभापति केशवराज पाण्डे, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली, ३ नम्बर क्षेत्रीय सभापति एवं भद्रपुर नगरप्रमुख गणेश पोखरेल, लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।

नगर सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  स्वागत भरत गुरुङ र सञ्चालन अनिता रिजालले गर्नुभएको  सोही कार्यक्रम अन्तरगत भद्रपुर मा।वि।मा विभिन्न जातका विरुवा रोपिएको थियो ।

वीपी जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस दमक नगर समितिले दमक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेका क्षेत्र नं–५, ५ ९ख० र नगर समितिको संयुक्त आयोजनामा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको हो

कार्यबाहक सभापति सागर खनालको सभापतित्व, जिल्लाका उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्रदेशसभा क्षेत्रीय सभापति रवि केसी, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगर सचिव रामचन्द्र अधिकारीले गर्नुभएको थियो ।

यसैबीच नेपाली कांग्रेस शिवसतासी नगरपालिकाले वीपी जयन्तीकै अवसर पारेर वडा नं–३ स्थित पाराबारी बजार सरसफाई गरेको छ भने ३ नं वडा कार्यालय परिसरमा ११० वटा फलफुलका विरुवा रोपेको छ । नगरबासी कार्यकर्ताको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रम जिल्लाका सहसचिव कमल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्तोषकुमार मेनेङबो, भक्तिप्रसाद सिटौला, पर्शुराम ढुंगाना, धनमाया कुँवर लगायतले वीपीको ब्यक्तित्वका विषयमा बोल्नुभएको थियो । सन्तकुमार फेउदेनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन रमेश राईले गर्नुभएको थियो ।

झापाको कचनकबलमा भने ७ वटै वडामा वडास्तरमा वीपीजयन्ती मनाइएको छ । बृक्षरोपण लगायतका विविध कार्यक्रम गरी यो दिवस मनाइएको गाउँ सभापति तुलाराम अधिकारीले जानकारी दिनुभयो ।

यता हल्दिबारीमा भने १ नम्बर वडा सम्मेलन सम्पन्न गर्दै वीपी जयन्ती मनाइएको छ । वडा सभापति गोपालधन गुरुङको सभापतित्व एवं जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रतिनिधि इन्द्रबहादुर कार्की, क्षेत्र नः३ ख का प्रदेश क्षेत्रीय सभापति तुलसी ओली,विर्तामोड १० का वार्ड अध्यक्ष दुर्योधन गुरुङ ,जिल्ला सदस्य निराजन दाहाल, महाधिवेशन प्रतिनिधि हरु वडाराम हेमरम,डम्वर सिगु,पालिका सभापति गंगा प्रसाईं लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।

कार्यक्रममा नेपाली काङग्रेस वार्ड न २ सभापति भिम फियाक, प्रदेश अधिवेशन प्रतिनिधि चन्द्रकला राई, शिक्षक संघ पूर्व सभापति रामबहादुर गुरुङ, नेविसंघ जिल्ला सदस्य किशोर ढुङगेल लगायतको आथित्यता रहेको थियो । कार्यक्रम  वडा सचिव देवि  वस्नेतले संचालन गर्नु भएको थियो ।

यसैगरी झापाको गौरादहमा वी।पी। अध्ययन प्रतिष्ठानको आयोजनामा क्षेत्र नम्बर ५ अन्तरगतको वडा स्तरीय हाजिरिजबाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा दमक, गौरादह, गौरिगन्ज र कमल गाउँपालिका अन्तरगतका १७ टिम सहभागी थिए । प्रतियोगितामा गौरादह वडा न। ३ समूह प्रथम, गौरादह वडा न । ६ समूह द्वितीय र गौरादह वडा नं–४ समूह तृतीय भएका थिए ।

नेपाली कांग्रेस गौरादह नगर समितिको बार्षिक क्यालेन्डरमा समेटिएको कार्यक्रम अन्तरगत आयोजित सो कार्यक्रम वीपी अध्ययन प्रतिष्ठान गौरादहका अध्यक्ष कमल ढुङ्गानाको सभापतित्व र केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्य, जिल्ला अध्यक्ष विशाल थापा, नगर सभापति  गोपाल कोइराला, पदम पौडेल लगायतको आतिथ्यमा सम्पन्न भएको थियो ।

वीपी जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस विर्तामोड नगर समितिले  मुक्तिचोकमा आइतबार साँझ दिप प्रज्वलन कार्यक्रम तय गरेको नगर सभापति भोजराज सिटौलाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिले पनि बुधबारे बजारमा साँझ दिप प्रज्वलन कार्यक्रम राखेको गाउँ सभापति चक्र शेर्माले जानकारी दिनुभयो ।

यसैगरी झापा क्षेत्र नम्बर १ ले भने वडादेखि प्रदेशसभा क्षेत्रीय समिति सम्मेलन एवं हालसम्म भएका सांगठनिक गतिविधिका बारे समिक्षात्मक बैठक सम्पन्न गर्दै वीपी जयन्ती मनाएको छ ।

क्षेत्रीय सभापति इन्द्र बुढाथोकीको सभापतित्व एवं प्रदेश सांसद गोपाल तामाङ, कोशी प्रदेश सदस्य विमल आचार्य, जिल्ला उपसभापति केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समिति नगर समिति लगायतको उपस्थितिमा  सम्पन्न बैठकले आगामी भदौ ३० गते क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको क्षेत्रीय सभापति बुढाथोकीले जानकारी दिनुभयो ।