कोलम्बो । लो स्कोरिङ खेलमा घरेलु टोली श्रीलङ्कालाई ४१ रनले पराजित गर्दै भारतले जारी एसिया कपको फाइनलमा स्थान बनाएको छ। सुपर फोरको खेलमा भारतले २ सय १४ रनको मात्र लक्ष्य दिएर पनि जित हात पारेको हो। श्रीलङ्का ४१।३ ओभरमा १७१ रनमा समेटियो।

भारतका कुलदिप यादवले ४ तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले २र२ विकेट लिए । ९९ रन जोड्दा ६ विकेट गुमाएको श्रीलङ्का कुनै समय १६२(६ को अवस्थामा थियो । तर ४१ रनमा खेलिरहेका धनञ्जय डे सिल्भालाई रवीन्द्र जडेजाले आउट गरेपछि श्रीलङ्का संकटमा परेको थियो ।

श्रीलंकाका दुनिथ वेल्लालेजले अविजित ४२ रन बनाए । उनले नै ५ विकेट लिएपछि भारत ५ बल बाँकी रहँदा २१३ रनमा समेटिएको थियो । सुपर फोरको पहिलो खेलमा भारतले पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाउँदै २ सय २८ रनको जित हात पारेको थियो ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउने छ ।