पेट्रोलियम पदार्थ वितरण प्रक्रियामा सहजता ल्याउने उद्धेश्यका साथ  झापामा मेची पेट्रोलियम ढुवानी सेवा प्रारम्भ भएको छ । 

कोशी प्रदेशलाई लक्षित गरेर मेची पेट्रोलियम ढुवानी सेवा गठन गरेर कार्य प्राम्भ गरिएको सञ्चालक एवम् पेट्रोलियम डिर्लस एशोसिएसन मेचीका अध्यक्ष नवीन कोइरालाले जानकारी दिए ।

झापाको चारआलीमा निर्माण भइरहेको प्रदेशकै ठूलो पेट्रोलियम पदार्थको डिपोबाट ब्यवस्थित रुपमा सबै पम्पहरुमा पेट्रोलियम पदार्थ पु¥याउनका लागि मेची पेट्रोलियम ढुवानी सेवा गठन गरेको बताइएको छ ।

371884628_1915417488853694_8157605419994171507_n

३० जना शेयर सदस्य रहेको पेट्रोलियम ढुवानी सेवाको अध्यक्षमा टीकाराम पिठाकोटे रहेका छन् । आगामी असोज ६ गते साधारण सभा गरी समिति  विस्तार गरिने जनाइएको छ ।

चारआलीमा पाइप लाइन मार्फत  पेट्रोलियम पदार्थ भण्डारण गरेपछि सबै जिल्ला तथा पेट्रोल पम्पहरुमा सुरक्षित र ब्यवस्थित रुपमा ढुवानी गर्ने उदेश्यले  पेट्रोलियम ढुवानी सेवा शुरु गरिएको अध्यक्ष पिठाकोटे को भनाई छ । केन्द्रिय ढुवानी महासंघसंग यस बिषयमा सम्बन्धन लिने निर्णय भएको जनाइएको छ ।