बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेका छन् । बिर्तामोड–४ मा रहेको तारा नमस्ते बाल ग्रामका विद्यार्थीलाई वडाध्यक्ष बुढाथोकीले आज बिहिबार पर्न गएको आफ्नो जन्मदिनमा शैक्षिक सामग्री प्रदान गरेका हुन् । उनी प्रत्येक वर्ष जन्मोत्सवमा विभिन्न सामाजिक कार्य तथा सेवामूलक काम गर्ने गर्छन ।
जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै आश्रममा आश्रीत ३० जना बालबालिकाको शैक्षिक गुणस्तर अभिबृद्धिमा सहयोग पु¥याउन सानो सहयोग गरिएको उनले बताए ।
उनले बालबालिकालाई शिक्षा हासिल गर्दै असल नागरिक बन्न सुझाएका छन् । वडाध्यक्ष बिभिन्न संघ संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन् ।