बिर्तामोड : पत्रकार सरोज पौडेलले बालबालिकाको हकहितका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । उनले जन्मदिनको अवसर पारेर बुधवार यस्तो घोषणा गरेका हुन् ।

कोषका लागि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ दिने पत्रकार पौडेलले बताए । कोषबाट हरेक वर्ष बिर्तामोडमा रहेकामध्ये उत्कृष्ट बाल क्लवलाई ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

लिंकन मण्टेश्वरीका सञ्चालक समेत रहेका पौडेल बालबालिकाको हकहित र संरक्षणमा निरन्तर वकालत गर्छन् । विद्यालय तहका बालबालिकालाई थप अध्ययनशील, जिम्मेवार जवाफदेही बनाउँदै लैजानु पर्नेमा उनको जोड छ ।

बालबालिका शिक्षा तथा सञ्चार मञ्चका संयोजक समेत रहेका पौडेलले आफूले पाउने पारिश्रमिकबाट अक्षयकोषमा सहयोग प्रदान गर्ने बताए । उनले अक्षयकोषमा सहयोग गर्न सार्वजनिक अपिल पनि गरेका छन् ।